Section 55
इजाजतपत्र निलम्बन र रद्द हुन सक्ने
(१) दफा ५९ बमोजिम जरिबाना भएको वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीतको कुनै काम गर्ने, ण्वा आफ्नो कर्तव्य पुरा नगर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले एक महिनादेखि छ महिनासम्म निलम्बन गर्न सक्नेछ ।

(२) भन्सार एजेन्टले उपदफा (१) बमोजिमको काम तेस्रो पटक पनि गरेमा वा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य झुट्टा कागजात वा विवरण पेश गरी इजाजतपत्र प्राप्त गरेको देखिएमा भन्सार अधिकृतले निजको इजाजत पत्र रद्द गर्नेछ ।

(३) उपदफा (१) बमोजिम निलम्बन गर्नु वा उपदफा (२) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि सम्बन्धित भन्सार अधिकृतले त्यस्तो भन्सार एजेन्टलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।

(४) ०३उपदफा (१) वा (५) बमोजिम निलम्बन भएकोमा त्यस्तो निलम्बन अवधिभर निजले भन्सार सम्बन्धी कुनै काम गर्न र (२ उपदफा

(२) वा (६) बमोजिम इजाजतपत्र रद्द गरिएको भन्सार एजेन्टले पुनः भन्सार एजेन्टको इजाजतपत्र प्राप्त गर्न सक्ने छैन ।

(५) प्रचलित कानून बमोजिम भन्सार एजेन्ट उपर फौजदारी कसुरको अभियोगमा अदालतमा मुद्दा दायर भएमा मुद्दा दायर भएका मितिदेखि निज स्वतः निलम्बन हुनेछ ।

(६) कुनै फौजदारी अभियोगमा अदालतबाट कुनै भन्सार एजेन्ट दोषी प्रमाणित भएमा निजको इजाजतपत्र स्वतः रद्द हुनेछ ।